पोखराको विभिन्न स्थानबाट लागुऔषधसहित ४ जना प्रकाउ
पाेखरा | साउन २४, २०७९
पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले पोखराको विभिन्न स्थानबाट ४ जनालाई लागुऔषधसहित प्रकाउ गरेको छ ।
कास्की प्रहरीका अनुसार पक्राउ पर्नेमा कास्कीको अन्नपूर्ण गाउँपालिका–९ स्थायी घर भइ हाल पोखरा–३० खत्रीचोक बस्दै आएका ४४ वर्षिय ईन्द्रमान गुरुङ (सन्तोष), पोखरा–१३ बाझापाटन बस्ने ४० वर्षका विकास गुरुङ, पोखरा–३१ भलाम बस्ने सावाँ वि.क र पोखरा–३० घर भइ हाल बगालेटोल बस्दै आएका ५३ वर्षिय कुमार गुरुङ रहेका छन् ।
उनीहरुको साथबाट विभिन्न परिमाणमा डाईजेपाम, फेनेरागन, नुर्फिन लगायतका ३७० एम्पुल अवैध लागु औषध बरामद गरेको कास्की प्रहरीका प्रवक्ता तथा डिएसपी सुन्दर तिवारीले जानकारी दिए ।
उनका अनुसार उनीहरुलाई लागुुऔषध सम्बन्धि कसुरमा ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ ।
पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ । मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । प्रेस रजिस्ट्रारको का...
पोखरा । पोखरामा ठूलो परिमाणको लागुऔषधसहित एक जना युवक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले पोखरा महानगरपालिका २७ तालचोकब...

